~निरज भट्टराई ‘मनोरोगी’ ~
सुन्दर थियो बढ्दो उमेर त्यो
घट्दै गरेको तिहुलोक त्यो ,
आकर्षण सब आहुति चढाई
दिन हीनता उपमा बढाई ।
अन्धकारले सब ढाकेर त्यो
लालिमा बिलाई कालो बादल त्यो
हृदय उजेली पखेटा हाली
जुन को त्यो उचाइ पुगी ।
हिजो र आज सब बिलाई त्यो
म र मेरो सब हराई त्यो
आफ्नो रहेन कहीँ केही
वियोग त्यो आहुति चढाई ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )