~आशांक उपाध्याय~
अन्जानमा हजुरको मनलाई दुखाएँ कि
अलिकति मुटुभित्र कुविचार लुकाएँ कि ?
आज्ञाकारी बन्नलाई कोशिस त गरेकै थें
अवज्ञाको पाँजाहरु नजानेरै सुकाएँ कि ?
चिनाजानी राम्रै थियो घनिष्ट नै थियौं हामी
पुर्णिमा र चन्द्र जस्तो नातालाई फुकाएँ कि ?
नदेखेर हुँदै हैन, तर्किएर जानु भयो !
सधैंभरी ठाडो हुने शिरलाई झुकाएँ कि ?
पुर्पुरोको खेल किन नबुझेको ‘आशांक’ ले
नयाँ दिन नदेखी नै गयो मौका चुकाएँ कि ?
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)