~भविन धिताल~
मैले उनितिर हेरें, उनी केही नबोली भुँइतिर हेरिरहेकी थिइन्। मलाई सार्है असजिलो अनि नरमाइलो महसुस भइरहेको थियो। मैले बालाई सम्झेँ, आमालाई सम्झेँ तर उहाँहरु यो धर्तिमा हुनु हुँदैनथ्यो । बा मलाई खुब माया गर्नुहुन्थ्यो, मलाई सम्झेर आमा फोनमा पनि रोहिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो- “ बाबु! मेरो ठुलोबाबु! कहिले आउँछस्? मलाई तेरो अनुहार र नातिलाई एक पटक हेर्ने इच्छ्या छ।” मैले आमाको इच्छ्या पुरा गर्न सकिन । बा को नजिकै गएर सुख दुखका कुरा गर्न मैलै फुर्सद नै पाईन। न त बा ले नातिलाई काधमा राखि गाउँ नै डुलाउन पाउनु भो।
मैले जिवनभर समिकरणमा बाचें, बिज्ञानका ठेलिहरु पढेँ, न मलाई परिवार सङ्ग राम्ररि बोल्ने समय नै भो । बा आमाले यो संसारबाट बिदा लिंदा पनि म जान सकिन। मैले बा लाई मानिन, आमालाई सुनिन अनि गुरु जि लाई वास्तै गरिन, ठाने उनि नै मेरो लागि सबै थोक हुन । उनकै लागि नेपाल छाडेँ, परिवार छाडेँ, आफु भित्रभित्रै रोहिरहेँ तर उनिलाई हसाईनै रहेँ। रात दिन नभनि काम मात्रै गरिरहेँ । नेपालमा मेरो सानो भाई ठुलो दाजुको खुब आश गर्थ्यो। माया गर्थ्यो तर मैले चाहेर पनि उस्लाई केहि दिन सकिन किनकि उनि मलाई त्यो काममा हस्तछेप गर्थिन। मैले सहेँ धेरै, उनकै लागि, छोरो आयुस कै लागि, तर आज ….. आज उनि म सँग जिवनकै ठुलो उपहार माग्दै छिन-” सम्बन्धबिच्छेद।”
आमाको मायालाई म जान्द्छु। आयुसलाई उनकै जिम्मामा मेरो रगत उपहार दिएँ । मेरो सबै सम्पति पनि आयुसकै नाममा गरिदिएँ।
उनि अझै पनि नबोलि भुइतिरै हेरिरहेकि थिइन। म उनको नजिकै गएँ र बिस्तारै भने – ” म जाँदै छु। आयुस को राम्रो ख्याल राख्नु। अब….. अब हाम्रो भेट कहिल्यै हुन्न होला । ”
८ बर्षको आयुस नबोलि टोलाएर बसिरहेको थियो । म उस्को नजिकै गएँ र उस्लाई आङ्गालो मारेर रोहिरहेँ। धेरै बेर सम्म।
तै पनि उनि बोलिनन् ।
मैले सोचेँ – ” अब म जान्छु। काठमाण्डु उत्रन्छु र त्यतै बाट टाढा टाढा भौतरिन्छु हिमालयतिर……ज्ञानको खोजिमा।
मलाई एक्कासी गुरुजिको याद आयो। उहाँले भने जस्तै यो दुई दिनको मायाको खेलाको बोध भयो। सायद कसैको नसकेपनि गुरुजिको इच्छ्या पुरा गर्न सक्छुकि भन्ने भाव आयो।
म जति – जति टाढा जादै थिएँ मलाई त्यो अबोध आयुसको निर्दोश आकृतिले सताईरहेको थियो ।
२०६८ साल , काठमान्डु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)