कविता : विद्यार्थी

~आर.सि.पौडेल~

विद्यार्थी हुनमा छ गौरव जहाँ कर्तव्य पूरा गरे
विद्या हो मनको सफा र हलुका ऐश्वर्य मिल्ने भरे ।
जोगाई अधिकार वैभव सदा हिँड्नेछ बाटो भरी
बढ्नेछन् जगमा नवीन पथमा उड्ने छ चङ्गा सरी ।।

उड्नेछन् पुतली सरी गगनमा कर्तव्य पूरा गरी
चुम्नेछन् भमरा सदा मखमली आँफैछु माली सरी ।
जो गर्ला रणमा घमन्ड नगरी ज्यामी सरी जाँगर
फुल्ला जीवनका सदैव बागमा सौन्दर्यको सागर ।।

यस्तो उत्तम ज्ञान लिन्छ जसले आफ्नो र घर्को यश
तिम्रो इज्जत सदा अगाडि बहँदा मिल्ने छ राम्रो जस ।
इच्छा मर्नुहुँदैन आज घरको भन्ने इरादा रहे
त्यो स्वर्गीय सदा सदा सुख दिने प्राप्ति हुने हो भरे ।।

देखाऊ अनुशासनै जगतमा उत्कृष्ट ज्ञाता बनी
जाँ जान्छौँ रणमा रहन्छ मनमा नेपाल मेरो भनी ।
लग्नेछन् जब पढ्नमा मनहरू राम्रो तयारी गरी
मिल्ला शक्ति हिमाल पुग्न सबमा सम्पूर्ण जीवन भरी ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.