कविता : सुखी जिन्दगीको एक भ्रम

~लक्ष्मी बिष्ट~

कस्तो अनौठो भयो सपना त्यो बोकी हिड्ने मान्छे म

तितो यथार्थ जिन्दगी झेल्न खोज्ने मान्छे म
एक पल भएपनि खुसीमा जिउने रहर मेरो भयो

चैते खडेरीले गलाएको महसुस गर्ने मान्छे म
सञ्चित सोही खडेरीको समुन्द्रमा विश्रामे कर मेरो भयो
यथार्थमा प्रत्येक दिनको उज्यालोमा जुन खोज्ने मान्छे म
जिवनन्त सपनामयी सुखी परिवारमा खेल्ने चाहाना मेरो भयो

टेकिएका हेरक पाईलामा काँडा देख्ने मान्छे म
बाल्यकालका खुसीहरु बटुलेर बाँच्ने निर्णय मेरो भयो

समनामै आकास चुम्ने भावनाका उचाईमा पुग्ने मान्छे म
विपनालाई लुकाउदै कल्पनामा खुसी खोज्ने ठहर मेरो भयो
जिवित छु, मान्छे भई जन्मे मावन धर्म मान्ने मान्छे म
पत्थरलाई पूँजी तितोसत्य जिवन खोज्ने बाध्यता मेरो भयो

दवाएरै दुःख, पिडा हासेर यर्थाथमा पिउने मान्छे म
दवाई मारी सपना आफैँसँग भागी हिड्ने कहर मेरो भयो

अँधेरी रातमा छायाँ खोज्ने सुस्ताएको मान्छे म

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.