गजल : घर छैन टाढा म देखि

~स्पन्दन बिनोद~

घरदेखि टाढा छु म घर छैन टाढा म देखि
सहर देखि टाढा छु म सहर छैन टाढा म देखि

माग्छन् सबै के के मन्दिर,मल्जिद,गुम्बा चहारेर
ईश्वर देखि टाढा छु म ईश्वर छैन् टाढा म देखि

धेरै नसता ए उदासी जिन्दगी साहसी छु भनेर
जहर देखि टाढा छु म जहर छैन् टाढा म देखि

कहाँ गाह्रो छ र छातीको सिसा महल फुटाउन
पत्थर देखि टाढा छु म पत्थर छैन् टाढा म देखि

आज ‘स्पन्दन’ भन्नेले पलभरमै भन्नेछन् लाश
बगर देखि टाढा छु म बगर छैन म देखि टाढा

-महासचिव, अनेसास पोर्चुगल

(गजल पारखी एवम अनुजजनका लागि स्पन्दन बिनोद का गजल संग्रह अविरल स्पन्दन र सास्त्रीय गजल संग्रह (बहर) भिजाएर गयौ शुत्र प रिचयकको साथमा गजल सहित बजारमा  उपलब्ध छ। कृपया नछुटाउनु होला।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.