~पुरुषोत्तम ढुङ्गेल~
म
र
म जस्तै
भेडाहरुको बथानले
नाराहरुको ,
घोषणापत्रहरुको ,
आश्वासनहरुको
मोहनिमन्त्र् ले तानेर
विवेक गुमाएको
एक दिन
एक हुल
बांदरलाई कांधमा बोकेर
मचान चढायौं
जस्लाई
आजभोलि सरकार भनिन्छ ।।।
थाहा थियो
मकैको थांक्रो मा बांदर चडेपछि
उसमा
सैतानको आत्माले
प्रवेश गरेर
बितन्डै मच्चाउछ भन्ने ,
तर
के गर्नु
तेत्तिखेर भन्नेले भनिदिए
यि बांदर चानचुने हैनन्
साक्षात भगवान श्री रामका सेना हुन्
जसले
सात साल .,
छयालिस् साल ,
र
बैसठ्ठि त्रिसठ्ठि साल मा
लंकामा आगो लगाएका थिए !!
भोट दिने बेलामा
नीलो /चिसो
मसी लगाएको बुढी औंलो ले
मोबाइल थिच्दै
समाचार पढिरहेको छु
कि
सरकार कर लगाइरहेको छ !
मेरो आत्मा मा
पनि खोइ के पसेको बेला
म
सडकमा निस्किनेछु
र
चिच्याउनेछु
ओे सरकार
हिम्मत छ
भने
मेरो आँखा /मुख /जिब्रो /हात खुट्टा /मुटु कालेजो फोक्सो /लिंग मा
कर लगा !!
पसिनामा त लगाएकै छस् ,
आँट पुग्छ भने
मेरो रगत /थुक /खकार /पित्त /विर्य् मा
कर लगा !!
मेरो विचार /सपना /कल्पना हरुमा
कर लगा !!
तँलाई
अन्तिम चुनौती
लगाउनै सक्छस् भने
अाइज
कर लगा
मैले
र
म जस्तै तीन करोडले
फेर्ने साँस मा
कर लगा !!
2075/04/ 08
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)