~जीवनस्पर्शी~
ओ कवि !
भिग मागिरहेछन अवला नारिहरु
लुटिइएका अस्मिताको
तिमी किन मस्त छौ बयान गर्न
ओठमा लगाइएको लालीको
बुढी आमा अझै एक मुठी सास रोकेर
बाचिरहेछ पर्खाइमा बेपत्ता छोराको
तिमी किन लेखिरहेछौ कविता
नखरमाउली कालिको ।
यता एक हुल मान्छेहरु
मलाई देखाइरहेछन
आङमा च्यात्तिएका भोटोहरु
रत्नपार्कको जुलुसमा हिड्दा हिड्दै
चुट्टिएर अझै नसिलाइएका चप्पलहरु
तिमी किन लेखिरहेछौ कविता
गर्दै चाप्लुसी नेताका सालिको
बगैचामा काडाहरु छ्याप छ्याप्ती छन
तिमी किन गाइरहेछौ गित फुलहरुको ।
जवकी अभाव उस्तै छ मालिको ।
जेठ ४
– जनकपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )