कविता : बधाई गणतन्त्र

~आर.सि.पौडेल~

यो गणतन्त्र जोगाऊँ भन्ने सबैको इच्छा हो ।
विश्वमा कीर्ति फैलियोस् भन्ने लिउँन शिक्षा यो ।।
नेपाल भूमि शान्ति च भनी सुवास चलोस् ।
अस्तित्व हाम्रो शिखर चुमी धपक्क बलोस् ।।

स्वतन्त्र बाँच्न उठौँ न सबै निर्भीक भएर ।
अन्यायलाई चुपभै सधैँ नबसैाँ सहेर ।।
सम्पूर्ण जात, वर्ण र भाषा नेपाली वैभव ।
अखण्ड सधैँ अटल राखौँ बढाऊँ गौरव ।।

फैलाऊँ हाम्रो यो सहधर्म समान अस्तित्व ।
विभेद छोडौँ एक भै बढौँ पाउन स्वामित्व ।।
पश्चिम पूर्व, माकाली मेची, उत्तर हिमाल ।
दक्षिणी भाग , तराई हाम्रो , बिचैमा पहाड ।।

छ कति राम्रो हिमाल हाम्रो सुन फल्ने तराई ।
परन्तु हामी नेपाली जाति क्वै छैन पराई ।।
मिलेर सबै बढौन अघि भूलमा सच्याई ।
फूलोस सधैँ यो गणतन्त्र कोटि छ बधाई ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.