~निरज भट्टराई ‘मनोरोगी’ ~
झमक्कै साँझ परिसकेको थियो ,आज नि घर जान अबेर भइसकेको छ ।
दिनभरि आफूलाई कामको थकानले गर्दा घरमा श्रीमतीले माइत जानका लागी रकम माग गरेकी भुसुक्क बिर्सेछु ,अलिअलि किचकिच त गरेकी थि ,रिसमा मैले पनि बढी नै भनेछु ।
माथि राकेको घरमा गएर पैसा सापट ल्याउनु पर्ला,नभए यै घाटीको सिक्री भए नि बेच्नु पर्छ ।
राके : १०,०००। मा छोड्ने हो भने हुन्छ , बढी त म दिन सक्दिन ।
निर्मा : ल ल दि राख तेरै भयो , सम्पत्ति भन्या यै थियो अब ।
राके : ( पैसा गन्दै ) लु ला ।
रात परेर अन्धकार भइसकेको थियो ।
घर पुगेर आँगनमा बसेर सोच्दै गर्दा
फुंग्लुङ्ग केही खसेसी मेरो सोचमा तरङ्ग पैदा गर्छ , म झसङ्ग हुन्छु ,केही आत्तिन्छु ।(पाइन्टको गोजी छाम्दै )
सुरी म्याउँ गर्दै लाडिन आएछ , मेरो डर अलि हराउँछ र म उसलाई मुसार्न थाल्छु ।
बिहानको खालि पेट र कामको बोझ बल्ल महसुस गर्छु , फोगटको कचकच गरेसी खाली पेट भइने रहेछ ।यस्तो आज मात्र भएको त थिएन तर आज म बाट पनि ठुलो गल्ती भएको छ ,माइत जान भनेर भन्दैमा फकाउन छोडेर उल्टै जाइलागेसी के हुनु ।
म पनि हुस्सु स्वाट ( टाउको मा ठोक्दै)
उसले त खाकी छ कि नाई
सुरी पछि लाग्दै म अघि अघि ढोका उघारेर भित्र छिरेको के थिए
निभेको चुल्हो र वरपर छरिएका भाडा बर्तन ।
म यता जीवन जसोतसो गुजारिरहेको मान्छे भन्ने बित्तिकै पैसा का हुन्छ र यति सानो कुरा नि नबुभmने का थि र ।
राके : आज यति अबेला सम्म के हो यिनका घरमा ,ढोका त लाछैन मान्छे बोल्दैनन् ।
छिमेकी : ए निर्मा ए बुहारी
राके : भित्रै जानु पर्छ जस्तो छ ,केही त भएन ।
सबै एकै स्वरमा
आमै के भएछ यस्तो बुद्धि कस्तो बिगारेका यती कलिलैमा जीवनको हत्या गरेका दुवैले
साँझ परेर भ्यामै ढाकिसकेको छ ………..
सधैँलाई निभेको चुल्होमा धुवाँ आउन छोड्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )