गीत : छोडी नजाऊ परदेशी दाजै

~अलका मल्ल~

छोडी नजाऊ परदेशी दाजै
म त गाउँकी सोझी मान्छे
झुटो बोल्न म सक्दिन
प्रीत लाउन म जान्दिन

छोडी नजाऊ परदेशी दाजै
म त गाउँकी सोझी मान्छे

गाँस गाँस तिम्रै साथमा
मेलो पात तिम्रै यादमा
धानको बाला झुलेको हेर्दा
हात समाइ भुलेको माझमा

छोडी नजाऊ परदेशी दाजै
म त गाउँकी सोझी मान्छे

मेरो माया तिम्रो मुटुमा
लुकाइ लाज आँखा आँखामा
स्पर्शले मौन भएछौ
छोडी जाने मेलो गरेछौ

छोडी नजाऊ परदेशी दाजै
म त गाउँकी सोझी मान्छे

शब्द : अलका मल्ल
स्वर : सपना परियार
म्युजिक एरेन्जर : मनोज राजभण्डारी
रेकर्डिङ स्टुडियो : ओमनीफोनिक स्टुडियो, काठमाडौँ

-कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

2 Responses to गीत : छोडी नजाऊ परदेशी दाजै

  1. Bhumi says:

    The story is quite impressive. It is very much relatable to the love stories in villages. One sided love has been expressed very beautifully here. Nice work!

  2. Ichha says:

    I really loved the concept and story. Hope to see more of these creative writings.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.