गजल : फूल राखेर गएको छ

~राम थापा ‘अविरल’~

दुश्मनले दैलोमा फूल राखेर गएको छ
आफन्तले बिहानै छुरा धसेर गएको छ।

आजका मानिसहरू यसरी फेरिएका छन
कमाउन चिताबाट मुर्दा उठेर गएको छ।

छ असुरक्षा बढेको छ , पुजारीहरूबाट नै
भगवान त मन्दिरबाट निस्केर गएको छ।

यी यौवनाहरूले यति पनि सोच्न सकेनन
किन पतिले बिछ्यौना छोडेर गएको छ।

साथीहरूले यो पनि आरोप लगाउने छन
राम चोर्न जाँदा पनि सोधेर गएको छ ।

– राम थापा ‘अविरल’, बागलुङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.