~सन्तोष आचार्य~
आज किन हो मन पटक्कै स्थिर छैन। खै के भा हो त्यो पनि थाहा छैन। धेरै पटक खुइइय सास फेर्दा अलिकता पनि आराम मिल्दैन। आँखा अगाडि हिजोको त्यो घटना झल्झली आइरहेछ। हिजो घरबाट निक्लदा ममा आफ्नै जोश अनि उमङ थियो। तर जसै त्यो चोकको सडक पार गर्दै थिए यौटी नारीको आवाजले म नराम्रोसँग झस्के जस्ले मेरै नाम बोलिरहेको थियो । कताकता सुनेको जस्तो त्यो आवाज अनि त्यो आवाज खोज्दै कताकता हराइरहेको म। गाडीको हर्नसंगै मेरो त्यो हेराइको अन्त्य भयो अनि आफूलाई समाल्दै लागे म गन्तब्यतिर। तर रातीसम्म पनि छोडेन मलाई त्यो आवाजले जुन मेरो अन्तरमनमा एकनासले बजिरहेको थियो।
हैन मलाई पनि यो के भाको जाबो कसैको बोलीपछाडि पनि एती दु:ख पाउनु। न मान्छे देखेको न चिनेको या जानेको छ,केबल बोलीको भरमा मन अनि तनलाई पनि एत्रो दु:ख। के थाहा शायद मैले केही सुनेकै पो हैन कि शायद कान नै पो बजेको होला। मनलाई यस्तै कुराले शान्त पार्दै फर्कीरहेको थिए म आफ्नो आश्रयस्थलतर्फ। फेरी त्यही मोड आयो,मन ढक्क फुल्यो,कान सियोसम्म झरेको सुन्नलाई तम्तयार थियो, अनि आँखाहरु लागेकाथिए कुनै छिद्र बाँकी नराखी सारा दृश्यको निगरानीमा। पाइलाहरु आफ्नै सुरमा अगाडि बडे सडक पार गर्नकानिम्ति। सडक पार पनि गरियो तर न आँखाले केही भेट्यो न कानले केही बिशेष सुन्यो नै। कत्रो आस थियो केही त पत्ता लगाउछु भन्ने निरास भयो यो त्यस्सै मुर्झाएको मन।
एउटा लामो सास अनि के पाइला चाल्न थालेको थिए मेरो कानले टिप्न भाइहल्यो त्यो बोली। फरक्क फर्के अनि यस्सो हेरे कहाँ बाट आइरहेको छ त त्यो स्वर भनी। गल्लीको एउटा कुनामा कुनै स्त्रिरूपको भान दिने सजिब चल्मलिरहेको थियो। यस्सो अगाडि के बढ्न खोजेको थिए खल्तीको मोबाईल कराउन थालिहाल्यो। तेस्लाई त्यही अफ गरेर अगाडि बढौ जस्तो लागेको थियो त्यही पनि खै के सुरमा उठाइ हाले मैले। उताबाट साथी कराइराथियो अतन्त्यै जरुरी काम पर्यो तु. यहाँ आइज मन दोधार भयो। त्यो आवाज खोज्न लागौ कि मोबाईलको आवाजको पछी लागौ। ठिकै छ आवाजको ’boutमा अलीकति त थाहा पाइहाले, भोली भेटौँला नि अहिले लाग्छु आफ्नै कामतिर भन्दै लागे आफ्नो सधैंको बाटोमा।
आज बिहान अरुबेला भन्दा अगाडि पुगे चोकमा। तर यो के? त्यो कुनामा कोही पनि थिएन न त थियो कुनै निसानी नै। एकछिन अलमलमा परे। नजिकको पसलमा गएर सोधे। दुई तीन जनाले के तालको मान्छे भने पनि। थकित भएर त्यही नजिकको चिया पसलमा पुगेर एउटा चिया खाउन भने। अनि टेबलमा बसेर एक तमासले त्यो कुनामा हेरी रहे।
पसलेले झस्काए मलाई ‘ चिया त चिसो हुन लाग्यो ए बाबु’ भनेर। हैन कतै यो पसलेदाइलाई पो केही थाहा छ कि भनेर सोधु जस्तो पनि लाग्यो। फेरि सम्झे अघिका त्यी पसलेहरुलाई। चियाको पैसा बुझाएर के हिंड्न थालेको थिए अचानकसँग मैले पसलेलाई उनको ’boutमा सोधे कुनै पूर्वतयारी बिना। पसलेले एकछिन त मलाई ट्वा परेर हेरेको हेरै गर्यो। अनि भन्यो खै बाबु अरु त थाहा भएन उ आज बिहान हिडि यहाँबाट। जानु भन्दा अगाडि यहाँ चिया खान आएकी थिइ अनि भन्दै थिइ।
मैले एक्कसी सोधी हाले “के भन्दै थिइ?”।
“चिनेको मान्छेले पनि दु:खको बेलामा साथ नदिने रहेछन हगी? बाबु! तपाईंले चिन्नु हुन्थ्यो कि उस्लाई?” अब म के भनु? मैले कुरा बटारे हैन त्यसै,गल्लीमा त्यसरी बसेको देख्दा को होला भनेर सोधेको मात्र। अनि म त्यहाँ बाट सरासर हिंडे केही सोच्दै नसोची। कानमा केबल गुन्जी रह्यो ‘ चिनेको मान्छेले पनि दु:खको बेलामा साथ नदिने रहेछन’। शायद उनले मलाई चिनेकी थिइन होला अनि मलाई बोलाइरहेकी। उउफ् के गर्ने? मनमा ठुलो हुरी चलेको छ अनि छ त केबल एउटा अनुतरित प्रश्न – को थिइन उनी?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
सायद समय दोषी भइदियो।