कविता : ईश वन्दना

~शरद् छेत्री~

निरन्तर छ फन्क्याइमाझ
विचित्रको अजिरा लट्टू एउटा
प्रत्येक हत्केलोमा।

कुनै स्वार्थको डोरीले
सङ्कीर्णता कसेपछि
वेगसित हुत्याएर
कति आक्रामक पारिएको
हुङ्कारयुक्त दर्पी लट्टू त्यो,
– जसको तिर्खाले लगातार उग्र बनेर
हाम्रो कोमल हत्केलोलाई घोचिरहन्छ,
जसको घुमाइले मस्तकलाई टोकेर
विचारको सभ्यतालाई अस्तव्यस्त पारिरहन्छ!…

यद्यपि, सबैलाई थाहा छ,
स्थिरता नै एकमात्र ईश हुन्,
– जसको स्थिर बाहुले मात्र पो
रोकिनेछ छन्दोभ्रष्ट फन्क्याइ त्यो!…

अत:
वन्दना गरिन्छ, अनुपम स्थिरताको,
उही प्रशान्तरूपी, सर्वप्रिय ईशको, –
ओम् नम:!…नम: ओम्!…!
नम:!…नम:!…नम:!…
ओम्!…

(अक्टूबर 2010)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.