~माधव श्रेष्ठ “विष्णु”~
एकान्तमा तिमी रुदा मेरो मन दुख्थ्यो सानु
मन दुःखी रुँदा खेरी आँसु पनि सुक्थ्यो सानु ।
आधारातमा तिम्लाई देखि सपनीमा उठ्दा
चारैतिर अध्यारो कुकुर मात्र भुक्थ्यो सानु ।
जादु कस्तो तिमीसँग सबैलाई खिचि तान्ने
जति मै हुँ भन्ने पनि तिम्रो सामु झुक्थ्यो सानु ।
कुरा गर्ने तिमीसँग कोशिस मेरो जारी छ
जति कोशिस गरे नि मौका मेरो चुक्थ्यो सानु ।
चोखो माया लाउछु भन्दै तिमी आँउदा पनि
लाजले नै हो कि कसो यो माधव लुक्थ्यो सानु ।
– बेलहारा–३, धनकुटा