गजल : पुरानै ‘हार’ हुनुन्छ

~बिभोर बराल~

मेरा मित्र उही पुरानै ‘हार’ हुनुन्छ
उहाँ नै मेरो बाँच्ने आधार हुनुन्छ

तपाईकालागि कुरुप पतझड नै सही
उहाँ त मेरा निम्ति बहार हुनुन्छ

आधुनिक जोडिहरुको प्रित भन्दा चोखो
उहाँ स्वच्छ औ कञ्चन प्यार हुनुन्छ

लामो गन्थन के गरिराख्नु सुन्नुहोस् !
उहाँ नै मेरो जीवनको सार हुनुन्छ ।

Bibhor Baral ,
Tangal, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.