अनूदित कविता : मध्याह्न

~हो चि मिन्ह~
अनुवाद : सुवास दीपक

कारागारमा
कति राम्रो लाग्छ मध्याह्नमा सुत्नु
घण्टौंसम्म हामी भुसुक्कै निदाएका हुन्छौं
म सपना देख्छु –
पखेटा भएको साँपमाथि चढ़ेर
आकाशमा उड़्दै गरेको।
अनि जब म ब्यूँझन्छु
एकचोटि तर्सेर आफुलाई
त्यही अन्ध्यारो कोठामा
थुनिएको पाउँछु।
मेरो देश
नाजिम हिकमत
तिमी खेत हौ
र म ट्र्याक्टर।
तिमी यदि कागज हौ भने
म छाप्ने मसिन।
तिमी मेरी स्वास्नी हौ
आमा मेरी छोरीकी।
तिमी कुनै गीत हौ
र म उसको वाद्य-यन्त्र।
म एउटा निस्सासिने सांझ हूँ
आँधीले निमोठेको
र तिमी एउटी नारी बंदरगाहको
टाढ़ो किनारमा डुलिरहेकी
अर्को किनारको उज्यालोलाई हेरिरहेकी।
म पानीसरह हुँ र तिमी
तिर्खाएको घांटी
म हिंड़्न थाल्छु सटकहरूमाथि
र तिमी हात हल्लाउँछौ झ्यालदेकि।
तिमी मेरो देश हौ
र तिमीसम्म तिमीलाई
अँगाल्न दौड़िरहेका
पाइला मेरा हुन्।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.