गजल : बिर्सने छैनौ

~सौभाग्य बजगाईं~

उसको निरन्तर प्रयासलाइ बिर्सने छैनौ
केहि बन्छु भन्ने आशलाई बिर्सने छैनौ

सहेर चोट मनभित्र लुकाइएका प्रित हरु
दरले सिर्जित अत्यास्लाई बिर्सने छैनौ

भर गर्दै लम्केका साहसिक कदमहरु
धोखाबाट लिएको सन्याशलाइ बिर्सने छैनौ

कपोकल्पित लान्छना र अत्याचारको माझ
उसैको कमैको एक गासलाई बिर्सने छैनौ

रातो रंगले भरिएका जमिनका खाडलहरू
त्यतिबेलाको ठुलो सन्त्रासलाइ बिर्सने छैनौ

भोकभोकै दिनरात अनिदो शरीर थियो
उसैको घरमा एकरात वासलाइ बिर्सने छैनौ

उसको निरन्तर प्रयासलाइ बिर्सने छैनौ
केहि बन्छु भन्ने आशलाई बिर्सने छैनौ

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.