कविता : जागिरले निलेको मान्छे…..

~नितेश श्रेष्ठ ‘अमात्य’~Nitesh Shrestha 'amatya'

अभावको पर्खालले थिचिएर
साघुरो जिन्दगीको गल्लीबाट
निस्कें- म एउटा सुमधुर
यात्राको सफरमा लम्किएँ म
आर्जेको ज्ञान, सिप
दिनभरिको समय
सब साटें- मैले
एउटा जागिरसँग कामको मतलबसँग
महँगीएको बजारमा
घर गृहस्थीको बलियो घेरा
तानि तानिकन लम्ब्याएर
आकाशको फराकिलो सीमामा
अरू बढी पोखिन
अरू बढी फैलिन ।
समयको सुनको माला बनाउन खोजेँ
गलपासो त होइन
स्वतन्त्र पथ बनाउन खोजेँ
घर र अफिसबीच मात्रको
लामो जेल होइन
आखिर म !
ऐनाको ठूलो ढोकाभित्र
२४ घण्टे समय कैद पिँजडामा
केवल जागिरेको लेबलमा
टाँसिएछु,
थुनिएछु ।

नितेश श्रेष्ठ ‘अमात्य’
धरान -१४ विजयपुर
धरान उप-महानगरपालिका

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.