~अरुण ढकाल~
जुनेली रातमा आउ भन्छे कान्छी
घरी घरी सताउ भन्छे कान्छी
तगारो बन्यो रे छिमेकीको आँखा
सात डाँडा कटाउ भन्छे कान्छी
नजानिदो पाराले फसाइ फसाइ
मेरो तृष्णा मेटाउ भन्छे कान्छी
लठ्ठीएका ती कर्के नजरबाटै
दिलमा फूल सजाउ भन्छे काऩ्छी
पग्लन लागेको सोह्र बर्षे जवानी
प्रेमको नशामा मताउ भन्छे कान्छी
जीवनभर सँगै हिड्ने कुरा गर्दै
वैशको खोली बगाउ भन्छे कान्छी
यो ऑठमा त्यो नशालु ऑठ जोडी
अझै जोडले समाउ भन्छे कान्छी
अल्झायो अरे ती कसिला वस्त्रले
ती काँडाहरू हटाउ भन्छे कान्छी
कहिल्यै नअघाउने प्रेम खेलमा
त्यो तन सधै खटाउ भन्छे कान्छी
प्रेमको स्वर्गमा हामी रम्दा रम्दै
आफ्नै अप्सरा बनाउ भन्छे कान्छी
मन छ रे उसलाई नशामा डुब्न
पुरै तन भिजाउ भन्छे कान्छी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )