कविता : गणतन्त्रलाई गरौं संस्थागत

~शिवा गिरी~

नयाँ संविधान बनाउने सवैको चाहाना
हरितालिका २०७० को शुभकामना
संघीयताको विरोध गर्दै नाचौं हामी अवत
दिदिबहिनी सम्पुर्णलाई हाम्रो स्वागत

तोकिएको समयमा चुनाव गरीदेउ
धेरै पटक जनतालाई धोका नदेउ
नबिर्सिदेउ नेताजी हो सहिदको रगत
मेरै गोरूको बाह्रै टक्का हुन्न अवत

१९ दिने आन्दोलनमा महिलाको नी वलिदान
जनमुखि महिला मैत्री बनोस् संविधान
चुनाव जिति नेताहरू पस्दछन् शहर
नयाँ संविधान लेख्ने हाम्रो थियो रहर

राष्ट्रियताको रक्षा गरौ हाम्रो ऐक्यबद्धता
देशको विकास गर्नेलाई प्रतिवद्धता
सवै चिज महंगो छ उत्ति बेरोजगारी छ
टुङ्गो नलगाई भत्ता खाई वैठक सारिन्छ

६।७ बर्षको अन्तरालमा कति गरे भष्ट्राचार
सिधासाधा जनतालाई कति अन्याचार
कति दिन सहने हो कति कुरा सहने हो
अन्याय भयो न्याय खोज्न कहाँ जाने हो

पालैपालो प्रधानमन्त्रि भई केहि गर्न सकेनन्
होस पु¥याउ जनता हो देशै बेचलान्
लोभ प्रलोभनको भ्रम परी गत चुनाव जितायौ
सक्षम पार्टि चिनेर अव पठाऔं

संविधान सभा सुनिश्चिता भन्छौ हामी बारम्वार
गणतन्त्रलाई गर्नुपर्छ अब संस्थागत
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
सक्षम नेता गएर लेखुन संविधान

– प्यूठान

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४१ – Sep. 4, 2013 – २०७० भाद्र १८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.