गजल : खुशीले भरिने छ अवश्य

~केशव गाह ‘पाल्पाली’~

चम्किने छ नेपाल छिट्टै खुशीले भरिने छ अवश्य
हटाएर अँध्यारो यहाँ उज्यालो छरिने छ अवश्य

प्रकृतिले दिएको पीडा बिर्सेर हामी सबै नेपाली
देउराली भञ्ज्याङ पुनः मुस्काई झरिने छ अवश्य

सुध्रिनेछन् शासक हाम्रो देशका एक आशा यही छ
उन्नति र विकास देश हितमा गरिने छ अवश्य

बनेपछि एउटै मन सबैको मिलेपछि विचार
विश्वास छ सङ्कटरूपी सागर तरिने छ अवश्य

देशभक्त नेपाली अझै सजग हुनु पर्छ देशमा
नत्र भने जालीकै मायाजालमा परिने छ अवश्य ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २५ – May 21, 2015 – २०७२ जेष्ठ ५ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.