कविता : लाल सेना

~दिनेश सुवेदी “विकल्प”~

मृत्यु शैयामा लमतन्न एक सिपाही
यत्रतत्र छरिएका लासका डङ्गुरहरू
बारुदको नाकमा विस्फोटक गन्ध
मनमा आक्रोश र बलिदानीको आभास

उ कुरूप बनेको छ गोलीका छर्राले
उसको अङ्गमा रगतका धब्बा र
रक्ताम्य लाल झण्डा बेरिएको छ
आक्रोश र त्यागको एक लामो फेहरिस्त
छन् उसका आँखामा

स्वतन्त्रताका खातिर मृत्युलाई पनि
जितेको छ उसले
अब उसलाई कुनै अफसोच छैन
आफ्नो मृत्युप्रति
किनकि उसको मृत्यु एक आदर्श
इतिहास बनिसकेको छ–एक गर्भिलो इतिहास

उसको मृत्यु एक गर्भिलो र आदर्श
कथा बनेको छ एक लाल सेनाको
जो आफ्नो वर्गको मुक्तिको निम्ति
हाँसी हाँसी सुली चढ्न तयार हुन्छ ।

लाल सेना जिन्दाबाद !
लाल झण्डा जिन्दाबाद !
भन्दै उसको मन पुलकित छ
किनकि उसले अमर मृत्यु बाँचेको छ
एक सच्चा देशभक्त र
राष्ट्रप्रेमी बनेर, युगौ–युगका लागि ।

– चितवन, नेपाल

(स्रोत : हाँक विक्ली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.