कविता : मन र देश

~भुपाल गुरागाइ~

टुक्रा टुक्रा भएको दिल
आज झसङ्ग भयो
जब
सुने देश नि खण्ड-खण्ड हुँदै छ
र अखबार को पहिलो पाना हेरे
बालुवाटार बेचियो ।

मनपरेको माया नपाइ आफैमा सम्हालिन नसक्या बेला
फेरि बज्रपात बर्सियो मैमाथि
बज्रपात
लाग्थ्यो पक्कै सरकारी हो
त्यहिबेला आकाशवाणी भो
बलात्कारी पनि सरकार हो ।

रक्सीको तालका गल्तीले पिरोलेर
आफै कोमातिर उन्मुख छु म
पिडामा कराउदैछिन मेरी आमा
र भन्दैछिन नानी तिमी ठिक छौ
सुन्दै छु आमा को बोली
बुझ्दै छु आमाको माया
सम्झन्छु मातृभूमि
भन्दै थिइन
म त बेचिए आफ्नै सन्ततिबाट

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.