~मनिस वशिष्ठ~
बग्ने त्यो खोलालाई सोधें
फूल्दै गरेको फूललाई सोधें
मेरि मायालुलाई देख्यौ कि भनेर
कहाँ गइ लुक्यो मेरो प्रीत खै भनेर
खोलाले भन्यो तिम्रो माया निश्चलता हो मेरो
फूलले भन्यो तिम्रो माया सुन्दरता हो मेरो
आकाशमा हिड्ने बादललाई सोधें
आफैमा रमाउने त्यो पहाडलाई सोधें
जून ठानी मायालाई लुकायो कि भनेर
फूल ठानी चुल्ठोमा सजायो कि भनेर
आकाशले भन्यो उनी लुकाएर लुक्ने कुनै जून नै हैन
पहाडले भन्यो उनी जस्तो फूल कहिल्यै फूलेको नै छैन
शब्द : मनिस वशिष्ठ
स्वर : शान्तिम कोईराला
सङ्गीत : पुरुशोत्तम सुबेदी
सङ्गीत संयोजन : प्रदीप जोशी