गजल : सम्झनाहरू बारबार आउँछ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

यादहरू र सम्झनाहरू बारबार आउँछ
त्यही पलको झझल्को लगातार आउँछ

मझेरीवाट फर्की फर्की गह भरि आँसु लिई
आफ्नै घर छोडेको दिलमा झङ्कार आउछ

कर्म थलो र मेरी आमा सँगै नभएर होला
मन भरि कहिले काहीँ त कुविचार आउँछ

सम्झौता गरेर भए पनि चलाउनु छ जीन्दगानी
सुख आउँछ दु:ख आउँछ यिनै दोधार आउँछ

जति नै नमिठा पल भए पनि उ बेला घरमा छँदा
यादहरूमा मीठो आमाबाको प्यार आउँछ

इलामेली टीकाराम दुलाल
२०७६/०१/१६ रोज २
नक्साल, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.