~अनिता मे~
अनुवाद : विक्रम सुब्बा
मेरा बितेका दिनहरू झुर थिए
था’छ मलाई राम्रै था’छ
मैले गर्दा नै तेस्तो भएको हो
कसैले भनेका ‘कुरा’हरू मैले लिएँ
त्यसबाट धारिलो हतिया बनाएँ, र मैले
आफैभित्रको मानिसलाई पटकपटक काटेँ
मैले माफ दिनै सकिन
म माफ दिनै सक्दिनथेँ
म नकारात्मक मन-मन्थनमा
बेस्सरी अल्झिएँ
के आकाशमा जुन अस्तव्यस्त थियो?
के मेरो बिगत त्यही कुरा सुन्न
पल्टेर बसिराखेको थियो?
मलाई थाहा छैन
तर अब मैले गरेका गल्तीहरूको
लेखाजोखा र चिरफार गर्नु पनि छैन
म बाँचेको यो बेला त मैले
आफु समेत सबैलाई
दया-माया र करूणाले हेर्नुपर्छ
भगवानलाई थाहाछ
एक, दुइ, तीन
अझ चार पटक सम्म
मौका पाउँन हामी योग्यछौँ ।