~दीपा राई पुन~
तिमीलाई भनी साँचेर हिँड्दै थिए
बाटैमा सकिएछ जीवनको श्वास
रहरले भर्न सकिन
तिमीलाई भेट्ने चाह थियो
त्यही पनि भन्न पाइन
कस्तो छटपट्टी थियो मनमा
दुखेको थियो देब्रे छात्ति
फूलै फूलको ह्रासमा थियो मेरो लास
म तिमीलाई नै चियाउँदै थिए
अन्तिम पटक भेट्ने मनमा थियो आस
त्यहाँ पनि अनाम यात्रा होला
एकोहोरो हिँडिनु पर्ने यहाँ जस्तै
भेटिने मोड र चौतारा होला
अनायास मनमा कोही बस्ला
म तिमीलाई कुर्छु भन्नु थियो
एक मिनेट मात्र भेट्न पाए
म शान्तले मर्थे सायद
जीवनको प्रत्येक मोड सम्झे
तिमीलाई नभेटेको पश्चात्ताप मात्र
मनमा गढेको थियो
यहीँ चाहले म बौरिएर बाँचे
मिठो मृत्युको सपना थियो
या जीवन प्रतिको मेरो प्रेम !
– हाल, बोस्टन, अमेरिका