गजल : दिल सिलाई दिईन्

~धन बिष्ट~

एउटी आएर मेरो फाटेको दिल सिलाई दिईन्
धेरै धन्यवाद छ जसले यो अवसर मिलाई दिईन्

माया त गर्थे पाउँथेर कहाँ यति धेरै मैले नि
छोडेर गइन दिल तर धेरै माया दिलाई दिईन्

तिम्रै भाग्य भएर त होला मेरी प्रियतम भावीमा
उनि त मोतिझै आइन अनि बिचमै बिलाई दिईन्

यति मात्र गल्ती थियो उनको यो जिन्दगीमा थियो भने
सम्हाली राखेको कुमारपन छिनमै हिलाई दिईन्

नभन्नु उनलाई पनि नजाती तिमीले कहिल्यै पनि
जसले तिमी र मलाई मायाको मात पिलाई दिईन्

धन बिष्ट रोल्पा नेपाल
हाल दोहा कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.