~लक्ष्मी बिष्ट~
आज सम्म के–के लेख्यो, कलम यो
सकेन लेख्न, मात्र एउटा शब्द त्यो
नाम अनेक, कोर्ने नै काम एक
कहाँनिर छुटायौं विधाता, लुकेर हेर
दुःख–सुख, कष्ट–पिडा चिर्ने नी त
फाड्न सकेन मनको सानो झिर त्यो
बुन्दा–बुन्दैको जालोमा, आज
लेख्न सकेन देवस्थानमा, त्यो
हेर्दा–हेर्दै, सकिएछ आफैमा
छुट्टीएन, अझै मुटुको टुक्रा त्यो
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )