~रमेश अधिकारी~
देउरालीको पिपल अनि बर सम्झिएर
जहिले रुन्छ परदेशी मन घर सम्झिएर
भन्नेहरु भन्छन मलाइ भाग्यमानि रैछस
हासोँ उठ्छ यस्तो सुन्दा खप्पर सम्झिएर
शरिर पनि सुक्यो आधा दुव्लाउदै गएकोछु
तिर्न नसकेको बैंकको व्याजदर सम्झिएर
मनमा तितो स्वाद चाखी सधैभरी परदेशमा
वाच्नु पर्छ आफ्नै मुटु पथ्थर सम्झिएर
घर घडेरी बन्धक राखी आएको छु परदेशमा
जिन्दगीलाई सघर्षको सफर सम्झिएर
रमेश अधिकारी
शितगंगा ,अर्घाखाँची
हाल-अष्ट्रेलिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )