गजल : डोरी बाटौं न प्रिया

~अरुण ढकाल~

जीवन ढलिसक्यो मायाको डोरी बाटौं न प्रिया
एक अर्काको मनपेट छिट्टै साटौं न प्रिया

जोडिएको छ धेरै कुरा तिम्रो र मेरो बिचमा
दुवै परदेशी सँगै मिली डाँडा काटौं न प्रिया

कति बस्नु रहर र चाहनाहरु मनमा लुकाएर
जवानीद पोखिनु पहिले नै अाटौं न प्रिया

तन मन मिलेपछि जुठो चोखोको के कुरा
मीठो पिठो जे जेे पाक्छ सँगसँगै चाटौं न प्रिया

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.