स्वदेश गान : देशको माया

~आविष्कार कला~

मायाको गीत गाउँ है साथी देशकै मायाको
तराई पहाड शीतल दिने हिमाली छायाको ।

पूर्वमा बग्ने मेचीमा नदी महाकाली पश्चिम
सुन्दर बनोस् यो मेरो देश नवनोस् सिक्किम ।

सिमाना पारका नागरिक धेरै नेपाली माटोमा
उठेर रोकौँ देश जान लाग्यो फीजीको बाटोमा ।

हिमाली हिउँ पग्लेर जाओस् दक्षिणकै सागरमा
देशको स्वरूप बिगार्न नदिउ दक्षिणको आकारमा

बुलन्द पारौँ सबैले अब देशको मायालाई
नेपाली हामी नेपाली माटो जोगाई राख्नलाई ।

– मल्लरानी ३, प्यूठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in स्वदेश गान and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.