कविता : म त एक शिक्षक हुँ

~चम्फा गौतम~

नेता हैन अभिनेता हैन न त भ्रष्टाचारिनै हुँ !
खुसी लाग्छ आफैमा म त एक शिक्षक पो हुँ !!
न त म चाकरी र चुक्ली लगाउने खालको हुँ !
म त ज्ञान बाँड्ने एक निस् कपट शिक्षक पो हुँ !!

म आफ्नो स्वार्थको लागी मात्र लड्दिन !
राष्ट्र र राष्ट्रियताका लागि लड्न पनि म पछि पर्दिन !
म त उज्यालो ज्योति छर्दै अन्धकार हटाउँछु !! !
खुसी छु म शिक्षक हुँ यसैमा रमाउँछु !!

न त मञ्चमा बसेर भाषण छाँट्ने समय नै छ !
न त मेरो कोही भलो चिताउने वाला भक्त नै छ !
म त सालिनता र सभ्य संस्कार कि खानी हुँ !
म त केवल ज्ञान बाँड्ने उदारताकी दानी हुँ !!

न त म अन्याय र अत्याचार सहन गर्न सक्तछ !
न त झुटो कसम खाएर धोका दिन नै सक्दछु !!
बाध्यता छ म चुप छु तर कम,जोर छैन !
खुसी छु म शिक्षक हुँ अरू केही हैन !!

भविष्य का कर्णधार शिक्षकमा नै निर्धारित हुन्छन् रे!
तिनै शिक्षकको पसिना चुसेर नयाँ जाल बुन्छन् रे !
तर म स्फटिक जस्तै पारदर्शी मानिस पो हुँ !!
खुसी लाग्छ आफैमा म त एक शिक्षक पो हुँ !!

म त प्रशासनमा बसेर धुस खाने हाकिम वा कर्मचारी हैन !
मन परेका लाई यति उति भन्दै भेदभाव गर्ने छैन !
म त निस्पछ्य भई बालबालिकाको भविष्य निर्धारण गर्ने पो हुँ !
खुसी छु अरू केही हैन म त एक शिक्षक पो हुँ !!

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.