~दिपेन्द्र “अश्रुमाली”~
खोटाङेले हाम्रो लमजुङ भन्न पाउनु पर्छ
जाजरकोटले इलामेली बन्न पाउनु पर्छ
हाम्रो देश धनि भ’को हेर्ने भए सरकार
मुस्ताङको स्याउले बजार टन्न पाउनु पर्छ
हिमाल, पहाड, लेकबेसी विकास गर्ने भए
देशको धन जनताले गन्न पाउनु पर्छ
धनकुटाको लिम्बू मर्दा रसुवाको कामी दाइले
अन्तिम संस्कार गर्दा चिहान खन्न पाउनु पर्छ
(संयुक्त गजल सङ्ग्रह “सहकार्य” बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )