~बसन्त चौधरी~
जस्तै अभाव भए पनि, अर्काको भिख मागिदैंन
मेरो स्वर्ग नेपाल हो, अर्को स्वर्ग चाहिँदैन
मेरो मुटु यो ढुकढुकी, देशको माया राख्ने ठाउँ
यही देश बाहेक अर्को छैन मेरो बाँच्ने गाउँ
मातृभूमि जस्तो ठाउँ, स्वर्गमा नि पाइँदैन
दु:खमा म रोएँ भने मेरो देश झनै रुन्छ
देशको निम्ति लड्न सके मृत्यु पनि जीवन बन्छ
मेरो देश रहेसम्म, मेरो आयु भाँचिँदैन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)