~जीवन थिङ~
कहिले काँहि मेरो देश सम्झँदा
त्यो देउराली र छर्योतेनको देश सम्झँदा
टाडा-टाडामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झँदा
त्यो पाउरोटीको याद आउँछ
जसलाई दुइ चोर बिरालाहरू खान चाहन्छन्
तर आपसमा नमिलेर बाँदरलाई न्याय माग्न जाँदा
बाँदरले जम्मै निल्छ…