~रत्न शमशेर थापा~
आ ……………………….
नआउ जुन कोठामा राती मसँग लाडिन
कसैको भइसकेको मन सक्दैन बाँडिन
सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिउ कसरी कसैको नासो भएको निशानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाऊ मलाई यहाँ पछ्याउन छोडेर
नजिक सर्दै सर्दै नआउ मसँग टासिन
उजेली बन्दै अंधेरी बन्दै लुकामारी खेलेर
नखोज भाँड्न मनको शान्ति निर्लज्ज चलेर
म श्वास पनि उनकै फेर्छु बिउँझँदा निदाउँदा
प्रेमको हत्या कसरी गरु तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जुन कोठामा राती ………………..
हं हं ………………………………………….
शब्द: रत्नशम्शेर थापा
सङ्गीत: नातिकाजी
स्वर: माणिकरत्न र तारादेवी