~कृष्णराज पौडेल “सञ्जाल”~
सकारको फेरबदल, जनताका इच्छा मरे
गए सत्ता पाए भक्त आफ्नै लागि पेट भरे
निमुखाका चिसा चुला कुन दिन बल्नेछन्
सामन्तको सरकारलाई जनता आफै ढाल्नेछन् ।
नुन छैन, तेल छैन, जीवन धान्न गाह्रो भयो
अनगिन्ती पीडाहरु केलाउनलाई साह्रो भयो
चुनाव आए गरिबलाई, घुस पेश पैसा बाँडछन्
सामन्तीलाई सत्ता प्यारो, जनतालाई कुरा ढाँटछन्
विस्तारवादले घेरिएको, सानो देश नेपाललाई
सङ्घीयताले देश विकास गर्छ भन्दै विष पिलाई
उठौं अब लाल योद्दा, अखन्ड यो नेपालका
सर्वहारा मुक्त हुन क्रान्तिको दिप बाल
सङ्घर्षशील योद्दा उठ, भ्रष्ट सरकार लात हान्न
वर्गमुक्ति आन्दोलनले अवसरवादका खुट्टा तान्न
समावेशी सरकार बनाई जनतालाई खुशी राख्र्छौ
विस्तारवादी साम्राज्यलाई अब हामी ध्वस्त पार्छौं ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३३, – July 03, 2013 – २०७० आषाढ १९ गते, बुधबार)