~हिराछवि श्रीशा~
गरिब मर्या मरै छ के हेरेको छस् ।
सीमा सर्या सरै छ के हेरेको छस ।।
ए सरकार कति बस्छस मूर्ति बनेर ।
बाचा टर्या टरै छ के हेरेको छस् ।।
कहीँ भोकै कहीँ नाङ्गै तड्पिएर ठाउँठाउँमा ।
आँसु झर्या झरै छन् के हेरेको छस् ।।
को मधेशी को पहाडी गरिबहरू सबैमा ।
दमन गर्या गरै छ के हेरेको छस ।।
हर कुरामा हस्तक्षेप गर्दै त्यो छिमेकीले ।
बिस छर्या छरै छ के हेरेको छस् ।।
छिमेकी र टाउकोले यो देशलाई लुठेर ।
गोजी मर्या मरै छ, के हेरेको छस् ।।
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)