~खडगराज गिरी~
आगो, पानी, पृथिवी, वायु र आकाश – मानिसभित्रको धुक्धुकीका ओकेक तत्व, यिनीहरू छन् र नै मानिस छ।
आगो, पानी, पृथिवी, वायु र आकाश स्थिर छन् अर्थात् स्वभावगत। तीहरूभित्र मानिसलाई जीवन्त राख्नुपर्छ भन्ने भावना छ – एकार्काले समयानुसारको आशीर्वादका हात शिरमा राखेका छन् – ‘आयुद्रोणसुते श्रेयंदशरथ:..’
मानिसले शिर थापेको छ तर अनमत्तो र अस्थिरता भने गाँजिएको छ उसमा: उ आगोको विरुद्धमा छ, पानीको विरुद्धमा छ, पृथिवीको विरुद्धमा छ, वायुको विरुद्धमा छ र आकाशको विरुद्धमा छ।
तत्वहरूले मतो गरे –
आगो: तातो दिनाले हो
पानी: तिर्खा मेट्न पाएर हो
पृथिवी: भोजन तृप्त भएर हो
वायु: सास फेर्न सकेकाले हो
आकाश: जून-घाम संरक्षण भेटेर हो
‘अब के गर्ने यस मान्छेलाई? एउटै स्वर
‘हामी सबै लुकिदिऊँ एकै छिन्…’ एउटै स्वर
‘ल…!’
अनि निमिट्यान्न पऱ्यो एकैछिनका लागि…!
त्यो एक छिन् तुरिएर ब्यूँझनासाथ तीहरूले देखे, सबै मानिस सोत्तर परेका थिए, विस्मात् छरेका थिए।
– खडगराज गिरी, डिगबोई, असम
(स्रष्टा जनवरी-फरवरी 2010 बाट साभार)
(स्रोत : रचनाकार डट कम)