गजल : के हेरेको छस्

~हिराछवि श्रीशा~

गरिब मर्‍या मरै छ के हेरेको छस् ।
सीमा सर्‍या सरै छ के हेरेको छस ।।

ए सरकार कति बस्छस मूर्ति बनेर ।
बाचा टर्‍या टरै छ के हेरेको छस् ।।

कहीँ भोकै कहीँ नाङ्गै तड्पिएर ठाउँठाउँमा ।
आँसु झर्‍या झरै छन् के हेरेको छस् ।।

को मधेशी को पहाडी गरिबहरू सबैमा ।
दमन गर्‍या गरै छ के हेरेको छस ।।

हर कुरामा हस्तक्षेप गर्दै त्यो छिमेकीले ।
बिस छर्‍या छरै छ के हेरेको छस् ।।

छिमेकी र टाउकोले यो देशलाई लुठेर ।
गोजी मर्‍या मरै छ, के हेरेको छस् ।।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.