कविता : ….गल्ली

~गेहेन्द्र अधिकारी~

हर गल्लीहरूमा मन्दिर
देख्ने गरेको छु,
तर विडम्बना बिना पुजारीका,
रात्रिकालीन र झिसमिसेमा धाउने भक्तहरूका साथमा
नत संध्याकलिन आरती हुन्छ
नत बिहानीमा धण्टी नै बज्छ

कृपया जुत्ता चप्पल बाहिरै फुकालिदिनुहोला
यहाँ तस्बिर लिन मनाही छ,
अधिकांश ठाउँमा देखिने भन्दा भिन्नै पम्प्लेट
न त आइतबार सूर्य देवता,
सोम देखि शनि सम्मको शिवजी गणेश कृष्ण विष्णु महालक्ष्मी र शनिदेव को
पूजाका लागि गरिने कर्मको लागि
लामबद्ध भक्तहरू नै देखिन्छन्।

जताततै सुनिन्छ मानिसको मन सफा हुनुपर्छ
तर लाग्छ बिचार शुद्ध हुनुपर्छ ,
मन भन्नाले “मुटु ” “मस्तिष्क” कुन बुझाउँछ
समाज सेवाको नाममा गरियका अभियानताक
र संस्थाको आँखा लाउनका लागि गनियका
लाइक र सेयर नम्बरका निम्ति धेरै गल्लीका
मन्दिरहरू संरक्षणको प्रतीक्षा गरिरहेकाछ्न।
किनकि बिना समितिको सम्पदा जो खडा भयको छ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.