गजल : प्रेम सेलाएछ

~समिर सोदेम्बा~

प्रेम सेलाएछ दुनियाँमा, यहाँ युद्ध चल्दैछ
मुटुहरू काम्दै डरले, यहाँ वर्तमान चल्दैछ

स्वार्थी दुनियाँमा, आफ्नैलाई मात्र हेर्छन्
प्रेमहीन दुनियाँमा, मृत्युको खेल चल्दैछ

मृत्यु यहाँ एउटा खेल जस्तै भो
शान्ति छैन अशान्ति को झेल चल्दैछ

मानवता मेटिसक्यो एक-अर्कालाई मार्छन्
हर समय हरेक पल रगतको भेल चल्दैछ

एकै पल्ट सम्झे नी हुन्थ्यो , इस्वोरिय प्रेम्लाइ
धर्म भुले कर्म बिर्से, पापै-पापको राज्य चल्दैछ

प्रेम सेलाएछ दुनियाँमा, यहाँ युद्ध चल्दैछ
मुटुहरू काम्दै डरले, यहाँ वर्तमान चल्दैछ

समीर सोदेम्बा
हाल; दोहा कतार

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.