कविता : अर्चना

~सन्तोष आले~

तिम्रो चोखो प्रेम – जलले
मनको तृष्णा मेटाएको छु
तिम्रो दिव्य सौन्दर्यले
मेरो संसार सजाएको छु।

प्रेमको झरी बर्सिरहनू तिमी
आनन्द मानेर भिजिरहन्छु म
पूर्णेको जून हाँसिरहनू तिमी
जुनेली पिएर झुमिरहन्छु म।

पतझड़ग्रस्त रुग्ण याममा
वासन्ती न्यानो भइदिनू तिमी
रित्तो मनको आकाशमा
शारदीय गौंथली उड़िदिनू तिमी।।

नोभेम्बर 2010

(स्रोत : सन्तोष आलेको कविता सङ्ग्रह “कऱ्याङकुरुङको आकाश” बाट साभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.