~कुबेर काका~
हुक्के, द्वारे र बैठके, चम्चेका संगमा बसी
बिक्नेकाे शीर गनेरै, काटिन्थाे गाउँमा खसी
सित्तैमा टर्दथ्याे छाक, खान बस्थे घुँडा धसी
सकिन्न लेखेर कैह्ले, सकिन्छ लेखने मसी
चुनाबी लहर मुस्लाेमा, भाेज भतेर चल्दथ्थाे
खाएकाे एक छाकैमा,भविष्य बुझ बल्दथ्याे
खर्चिने श्राेतका लागि,याेजना जब बन्दथ्याे
बरै भतुवा बस्नेकाे, सपना सब मर्दथ्याे
यसरी नै चल्दै अायाे, नराेकी अघिकाे रीति
बिजित पून खर्चिन्थ्याे, बेचेर भएकाे थिति
नियम कानून जम्मै, बलेकै अागाे ताप्दछ
बिकुवा हेरेर बस्छ,कस्काे के भन लाग्छ
के गर्न सक्छ राज्यले, कस्काे पक्ष छ त्याे भन
लाग्दैन मतकाे पक्ष,विगार्छ भडुवा जन
तलैदेखि माथिसम्म, चम्चे कै छ चकचकी
चुनाबमा सधै हुन्छ, नेताकाे अगि र पछि
सिता खाेजी चहारेर , टिप्न जाे पछि लाग्दछ
सत्य दाेषि बनाएर, नीतिमा बिर्को लाग्दछ
दुई पाया बनी दिन्छाैं, बिर्सेर सत्यकाे कडी
शिष्टता मर्यादा अादि, चढछ चीतामा मरी
श्राेतकाे छैन ठेगाना, अदृश्य चल्छ जे जति
झेलीकाे झेलले झम्टी, फेरिन्छ कर्मका गति
श्रेय मिल्छ उसैलाई, भाग सार्छ अलिकति
दलले दिन्छ सुरक्षा, कस्ले गर्न सक्ने खति
घस्रदै पस्रदै लाग्ने, धन वैभव कै पछि
भाेगवादी बने मान्छे,हरायाे नीतिकाे मति
सम्बृद्धि चाहने हामी जम्मै भयाै ऋतम्भरा
राज्यको सुबिधा भाेग गर्ने भए ठूला बढा
विक्षिप्त जन हामी छाैं, प्रफुल्ल छन ती दम्पति
नराखी कहाँ पाइन्छ , भन्छन धन सम्पत्ति
गरिबी चुलिदै जाँदा पुरिन्छ भन के गरी
निकाय माैन छन् सबै, खाेसिन्छ भाग नै भनी
अनीति डडेलाे जस्तै,फैलियाे लाैै दिशा दशै
ढिकुटी खर्चियाे सारा,स्थायित्व छैन है कतै
लाेकरञ्जनका लागि , नगर मत भञ्जन
निमुखा खाडीमा पुग्दै, के गर्छन भन व्यञ्जन
गणतन्त्र भाेगी काेही, विलासी माेज गर्दछ
बिकासे याेजना भन्दै, काेही भाेज गर्दछ
कर छल्दै न्यून गर्न, काेही खाेज गर्दछ
सामान्य भए विरामी, उपचारै विना मर्दछ
गरिबी गलग्रहै भाे ,निग्रह हुन्छ के गरी
पजनी गरे राम्ररी , बरण हुन्छ जे गरी
जनमत दिने हामी, स्वाधीन हुन भन्दछाै
निर्भय कठाेर बन्दै, बाग्डाेर हाँक भन्दछाै
चञ्चल चेतना चेप,दृढता लि बिचारमा
प्रलय अाँधि अाएमा ,बिक्षिप्त न हाै साेचमा
खडेरी राेकिन्छ जैले, जग चेतनकाे भए
कर्तब्य पथ नछाडे, बन्दछ त्याे काल जय
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )