कविता : मेरो शुभकामना

~रमेश भट्टराई ‘सहृदयी’~

चैतेदशैँ रामकृपासँगै रामराज्यको कल्पना, आदर्श भावना
नयाँवर्ष २०७६ मा मेरो शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना
यहाँको सद्विचार फलोस्, सद्कर्ममा सफलताको चाहना
हरेक पल हरेक स्वासमा शान्ति मिलोस्- मेरो शुभकामना ।

हिजो बित्यो आज हाम्रो आजकै युग विकास समृद्धिको भावमा
मानवता, सेवा र सद्कर्म बढोस् जनमा- २०७६ यो नयाँ सालमा
हिंसा बेमेल अति भो अत्याचार अशान्ति हटोस् हटोस् दुर्भावना
हरक्षण मिलोस् आनन्द रामराज्यझैँ- नववर्षमा मेरो शुभकामना ।

कोही भोका नाङ्गा नरहून् ठगी चोरी बलात्कारी मरोस् कुभावना
प्रेमै प्रेम यो फूलबारी नरक नबनोस्, सदाचार सद्बुद्धिको चाहना
मानव दानव नबनून् पैसाको लालसामा- बाल बृद्ध सम्मानको भावना
नयाँ साल नयाँ बनोस् मानवीय गुण बढोस् यही छ -मेरो शुभकामना ।

पीडाको आसुले हैन हर्षको अाँसुले बगोस् सुखवाहिनी नदी यहाँ
ननिमोठिउन् बाल अधिकार, नसूनिउन् चित्कार नजलोस् संवेदना
निरोगी, स्वाभिमानी बनून् जनता, नेता नबनून् निष्ठुरी कुभावमा
नयाँ वर्ष २०७६ लम्कोस् समृद्धि मार्गमा- सबैमा -मेरो शुभकामना ।

नहोस् किचलो ढिलासुस्ती सरकार जनतामा समर्पित जनभावमा
जनता कर्तव्य बोध गरून् नेता अधिकार दिइरहून् प्रेमकाे चाहना
बलात्कारी सोच नहोस् जनमा, मान्छे मान्छे बनून् प्रेम भावना
नयाँ सोच र शान्ति मार्गमा लम्कोस् मानवमन -मेरो शुभकामना ।

– रमेश भट्टरार्इ सहृदयी
(२०७५-१२-२९ गते)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.