कविता : विवस

~डा. सबिता सुबेदी~

प्रिय ऐना,
तिमी मित्र बनिदेउ |
जब राता गाला, गाजलु आँखा, कालो घना केस
लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म
तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै
भलाकुसारी पनि गरेकी म
आज मुजा परेका पिडादाइ अनुहार,
कलेठी परेका ओठ
सेता अस्तव्यस्त गन्न मिल्ने केस,
सबै सबैले अताइरहेका बेला
चुस्त दुरुस्त उतारेर मित्र बन्न खोज्ने तिमीलाइ
यो पुरानी मित्र ले बिन्ति गर्दैछे |
प्रिय ऐना उल्टो देखाइदेउ |

म जिउन चाहन्छु,
हेरत बेस्सरी आत्तिएकी पनि छु
तिमीसंग टाढा टाढा पनि भागीरहेकी छु
मेरा फुसृएका धमिला आँखा तिम्रो अगाडी उभिदा,
तर्सिएकी म
तिमीलाई हेर्दा पनि झिजो लागेर
कयौ पटक तिमीलाई उल्टाएर
हेर्दिन भन्दै घुइर्काएकि म
तिमीसंग झुटको आशामा कुरिरहेकी म
आज आएर तिमीलाइ नै शत्रु मानिरहेको बेला
सधै सत्य को पक्ष लिने अठोट त्याग्न बिन्ति तिमीलाइ
म कुनै अध्यारो कुना बाट गुहारिरहेकी छु
प्रिय ऐना तिमि मित्र बनिदेउ |

– डा. सबिता सुबेदी
चितवन
August 15, 2018

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.