गजल : दूरी समय कम्ति छ

~केशव गाहा ‘पाल्पाली’~

लामो छ बाटो काट्नु छ दूरी समय कम्ति छ ।
फर्किनु पर्छ गन्तव्य चुमी समय कम्ति छ ।।

अन्याय मेटी न्यायको दीप बाल्नु छ हामीले ।
जुटौँ है अब गरिब–दुःखी समय कम्ति छ ।।

टुक्रिन थाल्यो बेचिन थाल्यो देशको अस्मिता ।
बचाउँ साथी सबैले जुटी समय कम्ति छ ।।

बैरीले सधै रगत चुसे नेपाल आमाको ।
नेपालबाटै भगाउँ खुनी समय कम्ति छ ।।

धेरै छन् घुम्ती तैपनि हामी बढ्नु छ नथाकी ।
शिखरसम्म पुगिन्न रुकी समय कम्ति छ ।।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.