~एकादेशको गगनराज~
अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे
न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे
को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई
बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे
उज्यालो लिलाम गर्यो बन्धकी राख्दैछ रातलाई
कतिन्जेल् बाँच्ला आफ्नै मलामी बेचेर मान्छे
हुरि बतास जस्तो यो आएर सकिने त हो,
खै के गर्दैछ यहाँ यो जवानी बेचेर मान्छे
नासिने भयो यो छिट्टै सपना सजाउन नपाई
दौलत्,कुलत् मा ईज्जत हरामी बेचेर मान्छे
एकादेशको गगनराज
गजलशिविर, राजधानी